काठमाडौं : भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा आइतबार बिहान आगलागी भएको छ । सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आगलागी भएको हो ।
आगलागीका कारण झण्डै १० लाख रुपैयाँ बराबरीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए । बिहान पौने ८ बजेदेखि सुरु भएको आगोलाई प्रहरी, कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको थियो ।
आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचर पुर्णरुपमा जली नष्ट भएका छन् । विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीले गरेको छ ।
प्रकाशित मिति: आइतबार, असार १५, २०७६