काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिका–७ विद्युत् तालिम केन्द्र नजिक डेरामा बस्दै आएकी एक महिलाको घाँटी रेटी हत्या भएको छ ।
छोरीको घरमा बस्दै आएकी सिन्धुपालचोक बाँडेगाँउकी ६० वर्षीय साबित्री भट्टराईको अपरिचित समूहले हत्या गरेको हो । प्रहरीका अनुसार धारिलो हतियारले घाँटीमा प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको र संलग्नको खोजी कार्य भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार १५, २०७६