काठमाडौं : आइएमई जनरल इन्सुरेन्सको ५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि आइतबार यस इन्सुरेन्सको सेयर कारोबार प्रतिकित्ता ३ सय ६२ रुपैयाँ ८६ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ४ सय २४ रुपैयाँ ७६ पैसा रहेको छ ।
आइएमईले असार २९ गते बस्ने वार्षिक साधारण सभामा उक्त बोनस प्रस्ताव पेश गर्नेछ । यसका लागि आइतबारदेखि बुक क्लोज गरेको हो । कम्पनीले बोनस लाग्ने कर तिर्न नगद लाभांश भने दिने छैन । कर सेयरधनी आफैंले तिर्नुपर्नेछ । प्रस्तावित बोनस वितरणपछि यसको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति: आइतबार, असार १५, २०७६