कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा पेरुले टाइब्रेकरमा ५-४ ले उरुग्वेलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उरुग्वेले खेल अवधिभर पेरुमाथि लगातार आक्रमण गरेपनि डिफेन्सलाई तोड्न भने सकेन ।
टाइब्रेकरको पहिलो प्रहारमा नै गोलरक्षक गलेसेले सुआरेजको प्रहार विफल पार्दै उत्कृष्ट सुरुवात दिलाए । त्यसपछि दुवै तर्फका खेलाडीहरूले कुनै गल्ती गरेनन् ।
यस जितसँगै पेरु अन्तिम चारमा प्रवेश गरेको छ । पेरुले फाइनल प्रवेशका निम्ति अब साविक विजेता चिलीको सामना गर्नेछ ।
प्रकाशित मिति: आइतबार, असार १५, २०७६