र्जेन्टिना कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । भेनेजुएलामाथि २-० को सहज जितसँगै अर्जेन्टिनाले अन्तिम ४ मा स्थान बनाएको हो ।
खेलको दशौं मिनेटमा लौटारो मार्टिनेजले अर्जेन्टिनालाई अगाडी बढाएका थिए । कर्नरमा आएको बललाई सर्जियो अगुएरोले गरेको प्रयासमा मार्टिनेजले गोल गरेका हुन् ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको ४ मिनेटमा नै जिओभानी लो सेल्सोले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । उनले ७४ औं मिनेटमा अगुएरोको क्रसलाई गोलरक्षकले बचाउन नसक्दा रिबाउन्डलाई खाली पोस्टमा गोलमा परिणत गरे ।
अर्जेन्टिनाले अब फाइनल प्रवेशका निम्ति घरेलु टोली ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: शनिबार, असार १४, २०७६