काठमाडौं : मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ दराङमा विषालु च्याउ खाँदा एक जनाको ज्यान गएकाे छ । अरु तीन जना बेहोस भएका छन् ।
विषालु च्याउ पकाएर खाँदा स्थानीय १३ वर्षीया गुन्जमाया चेपाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुके कुमार सिंहले बताए ।
चेपाङका बुवा, भाइ र दाइ पनि अचेत अवस्थामा रहेको र अस्पताल ल्याउने तयारी भएको एसपी सिंहले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६