काठमाडौं : विपी राजमार्गको सिन्धुली खुर्कोटको छव्विस किलोमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन । शुक्रबार विहान सिन्धुलीबाट काठमान्डौतर्फ आउँदै गरेको ना १ ज ५३०१ नम्बरको विनर गोलञ्जोर गाउँपालिका वडा नं. ५ को छव्विसमा दुर्घटना भएको हो ।
सडकको मोड काट्न नसकेका कारण सडक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइते ११ मध्ये दुई जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । अरुको खुर्कोटका स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए ।
गम्भीर घाइते कमलामाई नगरपालिका–४ का ३४ वर्षीया सैलिना श्रेष्ठ र उनका ८ वर्षीय छोरा युवनलाई सिन्धुली अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमान्डौ ल्याइएको छ ।
दुर्घटनामा परी घाइते भएका कमलामाई नगरपालिका ३ का २५ वर्षिय नवराज बम्जन, कमलामाई नगरपालिका ५ रानीखोलाका ४० वर्षीया खिलमाया गुरुङ छातीमा चोट लागेकाले उपचारका लागि धुलिखेल पठाइएको छ । गाडी चालक सिन्धुलीको कमलामाई नगरपालिका–७ गडौलीका करिब २६ वर्षीय प्रकाश श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६