काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।
आफ्नै ४५ वर्षीया श्रीमती दिलमाया देशुवा मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मधुवन नगरपालिका-९ बस्ने ५० वर्षीय केशरबहादुर देशुवा मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
कुटपिट गर्दा बेहोश भएकी दिलमायाको जिल्ला अस्पताल बर्दियामा उपचारको क्रममा मृत्यु भएपछि प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले केशरलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६