दिपिका प्रसाई चलचित्र ऐश्वर्याबाट डेब्यु गरेकी नायिका हुन । उनले यस चलचित्रमा नायक रमेश उप्रेतीसँग स्क्रिन सेयर गरेकी हुन् । ऐश्वर्या उनकाे डेभ्यु मुभि भएपनी दिपिका तीन वर्ष अगाडिदेखि नै उनले मोडलिङ गर्दै आएकी थिइन् । कैलालिको धनगढिमा जन्मेकि नायिका दिपिका पसाइ को बाल्यकाल पनि धनगढि मै बितेको थियो । तर पछि उच्च शिक्षा पढ्नको लागी उनि काठमान्डौ आएकी थिइन् । उनले नया बानेश्वरको के एण्ड के कलेजबाट सोसियल वर्कमा ब्याचलर्स गरेकि हुन् । नायिका प्रसाई को दोस्रो मुभि भने छक्का पञ्जा ३ हो ।
चलचित्र ऐश्वर्या मात्र खेलेकी नायिका प्रसाइले लामो समय सम्म पनि अरु चलचित्रमा साइन नगर्दा चलचित्र नगर्ने चर्चा पनि चलेको थियो । तर पछि उनले चलचित्र छक्का पञ्जामा काम गरिन् । नायिका प्रसाईको निर्देशक दिवाकर भट्टराई संग गत बैसाख महिनामा मात्र विबाह भएको थियो ।
हेर्नुहोस नायिका प्रसाईका सारीमा सजिकएका तस्विरहरु:




प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६