इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नर्वेमाथि ३–० को सहज जित निकाल्दै इंग्ल्यान्डले अन्तिम चारको यात्रा तय गरेको हो ।
बिहीबार राति भएको खेलमा इंग्ल्यान्डका जितमा जिल स्कट, एलेन ह्वाइट र लुसी ब्रन्जले गोल गरिन् । खेलको तेस्रो मिनेटमा नै जिल स्कटको गोलाट इंग्ल्यान्ड खेलमा अघि बढेको थियो । ४०औं मिनेटमा निकिता पेरिसको पासमा एलेन ह्वाइटले गोल गरेपछि इंग्ल्यान्ड पहिलो हाफमा २–० ले अघि बढेको थियो ।
५७औं मिनेटमा लुसी ब्रन्जले बेथानी मिडको पासमा गोल गर्दै इंग्ल्यान्डको ३–० को जित पक्का गरिन् ।
अब इंग्ल्यान्डले सेमिफाइनलमा फ्रान्स अथवा अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६