नेपाल कम्युनिष्ट पार्टी नेकपाकी संसदीय दलकी सचेतक शान्ता चौधरी माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण भएकी छन् ।
उनि ‘बी’ ग्रेडमा उत्तीर्ण भएकी छन् । उनले २.६५ जीपीए ल्याएकी छन् । उनले गएको चैतमा भएको परीक्षा दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मावि सेन्टर तुलसीपुरबाटदिएकी थिइन् ।
नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययन गरेकी चौधरीकाे (सिम्बोल नम्बर ०५८८४५३ भी हो । उहाँले सेण्टर मावि तुलसीपुर केन्द्रबाट परीक्षा दिएकी हुन् ।
उनकी छोरी विनु पनि एसईईमा उत्तीर्ण भएकी छिन् । विनुले काठमाण्डौस्थित बसुन्धराबाट परीक्षा दिएकी थिइन् । २०७३ सालमा मावि डाँडागाउँमा कक्षा आठमा भर्ना भएपछि शान्ताको औपचारिक पढाइ सुरु भएको हो ।
२०६४ सालमा पहिलो संविधानसभामा उनि समानुपातिक सभाषद बनेकी थिइन् । संसदीय समितिमा बस्दा पढाइ पनि आवश्यक हुने ठानेपछि उनले औपचारिक अध्ययनलाई निरन्तरता दिएकी हुन् । त्यसअघि उनि दाङमै कम्लरीमा भएर निकै संघर्षपूर्ण जीवन बिताइन् ।
थारु समुदायमा कम्लरी हुँदै पहिलो संविधानसभामा सभाषद भएपछि उनले ‘कम्लरीदेखि सभाषदसम्म’ आत्मकथा पनि सार्वजनिक गरेकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६