काठमाडौं: दोस्रो माचुसिमा एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिपमा कांस्य पदक विजेता समिरलाई बिहिवार अन्तर्राष्ट्रिय त्रिभुवन विमान् स्थलमा भव्य स्वागत गरेका छन् ।
म्यानमारको रङ्गुन शहरमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमार कै खान्त फोन टेटलाई हराउँदै समिरले कांस्य पदक जितेका थिए । किर्तिपुर स्थत पुष्पसदन स्कुलमा कक्षा ९ मा अध्यायनरत समिर लगायत नेपाली टोलीका प्रमुख राजकुमार गुरुङ, प्रशिक्षक सुमन गजुरेल लगायतलाई पुष्पसदन स्कुलका संस्थापक अध्यक्ष महेश श्रेष्ठ, संघ प्रतिनिधि,परिवारजन र खेलाडीहरुले स्वागत गरेका थिए ।
समीरले १४ वर्षमुनि उमेर समूहको क्वार्टरफाइनलमा इन्डोनेसियाका स्टुवार्ट यावलाई हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६