काठमाडौं : प्रहरीले काठमाडौंको मित्रनगरमा रहेको एक होटलबाट चितुवाको छापा र टाउकोको हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द-४ का २४ वर्षीय मिश्रुङ चेम्जोङ र ३० वर्षीय प्रशान्त दास चेम्जोंङ छन् ।
डीएसपी होगटीका अनुसार महानगरीय प्रहरी वृत्त, बालाजु र प्रहरी प्रभाग गोंगबुको संयुक्त टोलीले छापा नवदुर्गा गेष्ट हाउसमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । उनिहरुको बारेमा थप अनुसन्धान भइरहेको छ
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६