माडगास्करमा देशको स्वतन्त्रता दिवस मनाउन आयोजित एउटा विशेष कार्यक्रममा किचिएर कम्तीमा १५ जना मानिसको मृत्यु भएको छ । सो दुस्खद घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन। तर परेडपछि मानिसहरू कार्यक्रम आयोजित रङ्गशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएको अधिकारीहरूले बताएका छन् ।
राजधानी एन्टनान्नरिभोस्थित रङ्गशालामा भएको सो घटनामा दर्जनौँ मानिसहरू घाइते भएका छन् । गत सेप्टेम्बर महिनामा फुटबल खेल हुँदा भिडले किचेर त्यही रङ्गशालामा एक जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी मानिस घाइते भएका थिए ।
स्वतन्त्रता दिवस समारोह हेर्न हजारौँ मानिस भेला भएका थिए । समाचारसंस्था एएफपीका अनुसार परेडपछि सुरक्षाकर्मीले दर्शकहरू बाहिर जाऊन् भनेर ढोकाहरू खोलिदिएका थिए । तर प्रत्यक्षदर्शीहरूले केही ढोका तत्कालै बन्द गरिएको र भिडलाई प्रहरीले रोकेकाले मानिसहरू किचिएको बताए।
घटनामा घाइते भएका एक व्यक्तिले भने, ूआयोजकले ढोका खोल्दा हामी पङ्क्तिको अगाडि थियौँ ।ू तर मानिसहरू दौडिँदै हाम्रा अगाडि आए। उनीहरूले हामीलाई धकेले, केहीले त मुक्का हाने र ताने पनि ।ू त्यसो हुँदा आफू अचेत भएको उनको भनाइ छ । राष्ट्रपति आन्ज रड्जूएल पछि घाइतेलाई भेट्न अस्पताल गए । उनले उपचारको खर्च राज्यले बेहोर्ने संवाददाताहरूलाई बताए । बीबीसी
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६