काठमाडौं: लामो समयदेखि बजेटमा राजनीति गरिएपछि संविधानमै बजेट ल्याउने दिन किटान गरिएको छ । नेपालको संविधानअनुसार आगामी वर्षको बजेट संघले १५ जेठ, प्रदेशले १ असार र स्थानीय तहले १० असारमा ल्याउनुपर्छ । संविधानको यही व्यवस्थाअनुसार संघ र प्रदेशले समयमै बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहले पनि मंगलबार बजेट ल्याएको घोषणा गरेका छन् । महानगर, उपमहानगर र नगरपालिका समयमै बजेट ल्याए पनि केही गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् ।
देशभर रहेका १ सय ४९ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट समयसीमाभित्र प्रस्तुत गर्न नसकेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७ सय ५३ स्थानीय तहमध्ये ५ सय ६४ स्थानीय तहले मात्र १० असारमा बजेट प्रस्तुत गरेका छन् । बाँकी १ सय ४९ तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । यी स्थानीय तहले कानुन र प्रक्रिया र प्रक्रिया पु¥याएर बजेट प्रस्तुत गर्न नसक्दा केन्द्रबाट प्राप्त हुने सम्पूर्ण प्रकारका आर्थिक सहयोग रोक्का हुने सम्भावना बढेको छ । यससँगै स्थानीय सरकार सञ्चालनमा कठिनाइको संकेतसमेत देखिएको छ ।
यसरी प्रक्रियागत रूपमा समयसीमाभित्र बजेट प्रस्तुत गर्न नसक्ने स्थानीय तहलाई केन्द्र सरकारबाट उपलब्ध हुने अनुदान तथा सम्पूर्ण आर्थिक सहयोग रोक्का हुन सक्ने कानुनी व्यवस्था छ । मन्त्रालयका सहसचिव जयनारायण आचार्यका अनुसार बजेट प्रस्तुत गर्न बाँकी स्थानीय तहको बजेट प्रक्रियामा छ । उनीहरूले बजेट टेबल गरेर छलफलका क्रममा राखेका छन् । आचार्य भन्छन्, ‘बाँकी स्थानीय तहको बजेट छलफलकै क्रममा छ । कानुनत ः प्रक्रियागत रूपमा १० असारभित्र बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित भइसक्नुपर्ने हुन्छ । हामीले विवरण संकलन गरेर अर्थ मन्त्रालयमा पठाउँछौं । यस सम्बन्धमा के गर्ने भन्ने निर्णय अर्थ मन्त्रालय ले नै गर्नेछ । ’
मुलुकभरका ६ महानगरपालिका, ११ उपहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी ७ सय ५३ स्थानीय तहमध्ये बजेट प्रस्तुत नगर्नेमा अधिकांश गाउँपालिका रहेको मन्त्रालयले जनाएको छ । बजेट प्रस्तुत गर्ने स्थानीय तहले बजेटको प्राथमिकतामा भौतिक पूर्वाधार निर्माण तथा विभिन्न विकास योजनाका कार्यक्रमलाई राखेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ४० बढी स्थानीय तहले नीति तथा कार्यक्रम प्रस्तुत नगरेको र २५ बढी स्थानीय तहले बजेट प्रस्तुत नगरी खर्च गरेका थिए । आजकाे राजधानीमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६