काठमाडौं : ओखलढुंगामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका-५ साविकको वर्णालु गाविसका फुर्वाकाजी शेर्पा रहेका छन्।
सिद्धिचरण नगरपालिका-५ साविकको वर्णालु गाविसको हिले भन्ने स्थानको भिरबाट लडेको स्थानीयले बताएका छन्। मृतक शेर्पा ओखलढुङ्गा–रुम्जाटार सडकखण्डको हिले भन्ने ठाउँको सडकबाट करीब २ सय मिटर तल खसेका हुन्।
घटनाबारे स्थानीयले जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको र घटनास्थलतर्फ प्रहरीको टोली गएको भए पनि घटनास्थलमा नपुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।
प्रहरीको टोली घटनास्थलमा पुगेपछि मात्रै घटनाको बारेमा थप विवरण आउने प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६