लामो समय देखि नेपालको सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार आरम्भ भए देखिनै ओरालो लागेको सेयर बजार अहिले सम्म पनि सुधार हुन सकिरहेको छैन । ओली सरकारले दुईपटक बजेट प्रस्तुत गरिसकेको छ । दुईतिहाई बहुमतको सरकार आएपछि मुलुकमा आर्थिक कारोवार बृद्धि हुने,जसको परिणाम स्वरुप सेयर बजार आकासिने आशामा रहेका सेयर लगानीकर्ताहरु अहिले सम्म उत्साहित हुन सकिरहेका छैनन् ।
लगानीकर्ताहरुले सेयर बजारको खस्कदो अवस्था बारे सरकारका सबै निकायहरुमा दवावमुलुक कार्यक्रमहरु गरिसकेका छन् । सेयर लगानीकर्ताहरुको निरन्तरको दवावका पछि पछिल्लो बजेटमा केहि सकारात्मक कुराहरु समेटिएको भएपनि फेरि सेयर बजार माथि उठ्न सकिरहेको छैन । सेयर बजारको अनेकन उतारचढावका बिच पनि निरन्तर यसक्षेत्रमा क्रियाशिल भईरहेका छन् नवराज उप्रेती । सेयर बजार निरन्तर खस्किदै गएपछि उप्रेती लगायतका केहि लगानीकर्ताहरु मिलेर दवावमुलुक कार्यक्रम पनि निरन्तर सञ्चालन गरेका थिए । सेयर बजारमा मानिसहरुको बढ्दो चासोलाई ध्यानमा राखेर हामीले उनै सेयर लगानीकर्ता नवराज उप्रेतीसंग उनको सेयर बजारको यात्रामा केन्द्रित भएर कुराकानी गरेका छौं । प्रस्तुत छ उनि संग गरिएको कुराकानीको अंश :
तपाईले सेयर बजारमा लगानी गर्न थालेको कति भयो ?
म सेयर बजारमा १४र१५ वर्ष अगाडि देखिनै लागेको हुँ । विगत ७/८ वर्ष देखि निरन्तर रुपले ५० नं क्रिटस्ल कन्चनजङ्गाबाट कारोबार गर्दै आइरहेको छु । मैले २२ वर्ष एभरेस्ट होटलमा काम गरेँ । एभरेष्टमा छोडेर मैले सेयर बजारमा काम गर्न थालेँ । अहिले निरन्तर पुरा समय यसै सेयरमा बित्ने गरेको छ ।
तपाईले सेयर बजारमा काम गर्न पूजिँ कसरी कहाँ बाट ल्याउनु भयो ?
हो, सेयर बजारमा लगानी गर्न पुँजी आवश्यक छ । पुँजीविना सेयर बजारमा काम गर्न सम्भव हुदैन । त्यसैले २२ वर्ष होटलमा काम गरेको पैंसा,त्यसबाट आएको सञ्चयकोष,उपदान र भक्तपुरमा रहेको ११ आना जग्गा बेचेर म सेयर बजारमा खुल्ला रुपमा प्रवेश गरेको हुँ ।
यतिका वर्ष सेयर बजारमा काम गरि रहँदा प्रतिफल कतिको पाउनु भयो ?
सुरु सुरुमा त घाटामा गएँ । वि.स २०६५ भदौ १५ गते ११७५ मा किनेको सेयर २०६७ असोजमा २९९ नेप्सेमा आइपुग्दा सबै लगानी गरेको ५ गुणा घटेर विस्थापित हुने स्थिति आयो । २ वर्ष त्यतिकै बसेँ । त्यति बेला ब्रोकर नं ५० चिने जानेको व्यक्तिहरुले खोलेको हँुदा जग्गा बिक्री गरि ५ गुणा घटेको रकम समेत राखि बैक संग घर ऋण लिई करिब ३ करोड जति लगानी गरेँ ।
लोभले गर्दा पुँजी बजारमा लगानिकर्ता फस्ने गर्दछन । लगानीकर्ताले स्थिर हुन सक्नुपर्छ । पछिल्लो २०६९ साल देखि निरन्तर रुपले आज सम्म बैंकको ब्याज तिर्दै घर खर्च जुटाउदै आइरहेको छु । म यसैमा सन्तुष्ट छु ।
तपाईले सेयर बजारको उतार चढाबलाई कसरी लिनु भएकाे छ ?
उतारचढाव पुँजी बजारको सुन्दर पक्ष हो । जव सेयर बजारमा उताररचढाव आउँछ लगानीकर्ताहरुमा पनि केहि गरौं भन्ने खालको मानसिकता बस्छ । नयाँ लगानीकर्ताहरुको पनि आगमन हुन्छ । सेयर बजार स्थिर भयो भने सेयर बजारमा लगानीकर्ताको त्यति आकर्षण हुँदैन । त्यसैले यो राम्रो पक्ष हो । लगानीकर्ताकाे धैर्यताले सेयर बजारमा फलता दिलाउँछ ।
तपाईलाई सेयर बजार घट्नुको मुख्य कारण के लाग्छ ?
बैंकहरुलाई दई अर्बबाट आठ अर्ब पु¥याउन राष्ट्र बैकले गरेका निर्यण सहि थियो तर राइट शेयर हाल्न दिनु हुदैन थियो त्यसैले गर्दा बजारमा बैकहरु सेयर अत्याधिक आयो खरिद गर्ने ब्यक्तिहरु कम भएको कारणले हो भन्ने मेरो बिस्वास छ । विदेशमा रहेका नेपालीहरु लाई यस क्षेत्रमा ल्याउन भएको ढिलाई पनि अर्को कारण हो । अनलाइन समयमै आउन नसक्नु बल्ल तल्ल आए पछि पनि विभिन्न त्रुटि हुनु पनि सेयर बजार घट्नुको अर्को कारण हो ।
मार्केट मेकरको ब्यवस्था समयमा हुन नसक्नु,बैकहरुलाई लाइसेन्स समयमा दिन नसक्नु,नेप्से, धितोपत्र, अर्थमन्त्रालय, राष्ट्रबैक र खास गरि दई तिहाईको अर्थमन्त्रिको विवादास्पद भनाई जस्तै बैंकमा ब्याज राख्नु राम्रो सुरक्षित, अनुत्पादन क्षेत्र भन्नाले र निर्माताहरुले निति बनाउन ढिलाई र बनेको नितिहरुलाई समयमै कार्यान्वयन गर्न नसक्नु लगायतका कारणहरुले बजार घट्छ जस्तो मलाई लाग्छ ।
तपाई सेयर बजारको भबिस्य कस्तो देख्नु हुन्छ ?
यसपालीको बजेट मार्फत अर्थमन्त्री ज्यु पनि सकरात्मक देखिएको पाएको छु । किनकी ७।५ प्रतिशत लाभकरलाई घटाएर ५ प्रतिशत बनाउनु भएको छ । हालैको बजेटमा पुँजी बजार प्रति धेरै नै सकरात्मक पाएको हुँदा मौद्रिक नितिमा बैंकहरुलाई र लघुवित्तलाइ पनि मर्जरमा लाने भनेर संसोधन गर्नु, बैंकमा तरलता बढाउन प्रयास हुनु, विदेशिहरुलाई लगानी गर्ने बातावरण बन्नु, मार्केट मेकरको रुपमा नागरिक लगानी कोष, सञ्चय कोष लाई अगाडि बढाउनु यी सेयर बजारका लागि सकारात्मक कुराहरु हुन् ।
बैंकहरुलाई लाइसेन्स र ब्रोकरलाई मार्जिन ल्यान्डीङ्गको व्यावस्था, अनलाइनको सुधार र देशमा पनि अर्थतन्त्रले राम्रो गरेको र भारतबाट पनि शेयर कारोबारमा ४० हजारको नेप्से नाघिसकेको हँुदाअब केहि हुन सक्छ भन्ने हो ।
अब नेपालमा पनि धेरै करेक्सन भई सकेको हँुदा अबको दिनमा पक्कै शेयर बजारमा पुँजी वजारले फड्को मार्नेमा विस्वस्त छु । र शेयर लगानीकर्ता दबाव समुहले पटक–पटक गरेका आन्दोलनको उपलब्धीले गर्दा पनि सबै निकायहरुको कार्यशैलिमा आएको परिवर्तन नै पुँजीवजारको सुधारको कोसेढुङ्गा हुनेछ । यसले केहि परिवर्तन गर्न सक्नेछ ।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६