समाजवादी पार्टी नेपालले ‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा सहभागी भएका सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गरेको छ।
तत्कालिन संघीय समाजवादी फोरमका तर्फबाट पर्सा १ बाट प्रतिनिधिसभामा निर्वाचित यादव पार्टीलाई जानकारी नगराई लाटभियाको राजधानी रिगामा आयोजित ‘इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टेरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सहभागी भएका थिए।
पार्टी नीति विपरित ‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा सहभागी भएको भन्दै उनलाई स्पष्टिकरण समेत सोधिएको थियो।
स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठकले सांसद यादवलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिएका छन्। आजकाे नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६