काठमाडाैं : भोजपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
भोजपुर नगरपालिका ११, आम्तेकस्थित एक सामुदायिक विद्यालयको छानोमा रहेको नांगो तार हटाउने क्रममा मृत्यु भएको हो। मृतक ३५ वर्षीय शम्भु विसुंखेको शव पोस्टमाार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ।
मंगलबार दिउँसो करिब ३ बजेतिर स्थानीय लक्ष्मी आधारभूत विद्यालयको भवन निर्माणका क्रममा भवनको छानामा रहेको नांगो तार हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो।
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६