महाेत्तरी: गए राति भारतीय नाकामा लागुऔषधसहित तीन युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बर्दिबास नगरपालिका–१४ का २१ वर्षीय रामभरोस महतो र २२ वर्षीय अजय कुमार बैठा, त्यस्तै गौशाला नगरपालिका–४ का ३६ वर्षीय राजाराम साहलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।
करीब साढे ९ बजेतिर भारत बिहारको सीतामढी जिल्लाको कन्हमा शहरबाट ज७प ७५६ र ज४प ६१०१ नंको दुई मोटरसाइकलमा लागुऔषध बोकी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–४ स्थित सीमानाकाबाट नेपाल प्रवेश गरेका तीनै जनालाई प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषध नाइटोभेट ट्याब्लेट ३० थान, एक्सपाम ट्याब्लेट ५२ थान र डाइजेपाम झोल १०० एमएलको २ बोतल बरामद गरेको हो ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६