काठमाडौं: नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल आजदेखि २४ घण्टाका लागि बन्द भएका छन्।
नेपालमा प्रसारण हुने ८५ प्रतिशत विदेशी टिभी च्यानल रहेको उल्लेख गर्दै सरकारको नयाँ नीतिका कारण मारमा परेको भन्दै दिउँसो ३ बजेदेखि बन्द गरिएको हो।
इन्टरनेट तथा टिभी प्रसारक समन्वय समितिले विरोध स्वरुप मंगलवार अपरान्ह ३ बजेदेखि २४ घन्टाका लागि टिभी च्यानल बन्द गराएका हुन्। बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्जनात्मक च्यानलहरु रहेका छन् ।
‘विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गरेका हुन् । विज्ञापनरहित च्यानलको प्रशारण भने नरोकिएको महासंघले जनाएको छ ।
नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधानसहित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा रहेको छ।
प्रकाशित मिति: सोमबार, असार ९, २०७६