काठमाडौं : नक्कली सवारी चालक अनुमती पत्र (स्मार्ट कार्ड) बनाइ दिने भन्दै ठगी गर्ने एक जनालाइ प्रहरीले बिरगञ्जबाट पक्राउ गरेको छ।
प्रहरीले नक्कली सवारी चालक अनुमती पत्र (स्मार्ट कार्ड) बनाइ ठगी गर्ने बीरगंज महानगरपालिका वडा नं.१४ पिपरा बस्ने २८ बर्षिय सन्तोष राउत कुर्मीलाई पक्राउ गरेको हो। बिशेष सूनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनको साथबाट एक थान नक्कली स्मार्ट कार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ। कुर्मीलाई प्रहरी हिरासतमा राखी आवशयक अनुसन्धान भईरहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
प्रकाशित मिति: सोमबार, असार ९, २०७६