उत्तरपूर्वी बंगलादेशमा भएको एक रेल दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । दुर्घटनामा एक सय भन्दा बढी घाइते भएका जनाइएको छ ।
बंगलादेशको राजधानी ढाकाबाट २ सय ३ किल्लो मिटर टाढा रहेको माउल्भिबाजार जिल्लामा सो दुर्घटना भएको हो । स्थानीय समायानुसार आइतबार राती ११ः५० बजे सो दुर्घटना भएको अग्नी नियन्त्रण सेनाका एक अधिकारी नुर्नु नाबीले जानकारी दिएका छन् ।
राजधानी ढाकातर्फ गइरेहको सो रेल डिब्वा पटरीबाट छुट्टिएर सो घटना भएको सरकारी अधिकारीले जनाएका छन् । उद्धारकार्य जारी रहेको र मृतकहको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
याउन्डे: क्यामरुनको पश्चिमी क्षेत्रमा रहेको ब्याटी–बाहाम राजमार्गमा आइतबार भएको दुर्घटनामा करिब २२ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएका छन् । प्रहरीका अनुसार यात्रुबाहक बस चिप्लिएर ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो । घटनास्थलमै १९ जनाको मृत्यु भएको र अरु तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता अगस्टाइन आवा फोन्काले बताए ।
प्रहरीले कतिपय घाइेतेको अवस्था निकै नाजुक रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ९, २०७६