मन्त्रीको भेषमा कुनै व्यक्तिले लाखौं युरो ठगी गरे भन्दा पत्यार नलाग्न सक्छ । तर फ्रान्सका नक्कली रक्षामन्त्री बनेर गिल्बर्ट चिकलीले त्यति धेरै रकम ठगी गरेका छन् ।
सन् २०१५ देखि फ्रान्सका रक्षामन्त्री जँ युव ल द्रिआँ बनेर एक व्यक्तिले ८० मिलियन यूरो ९९० मिलियन अमेरिकी डलर० बैंकबाट झिकेका छन्। यसमा आगा खान र शातो मागो वाइनका मालिक लगायतका थुप्रै व्यक्ति पनि पीडित भएका थिए।
बैंकले उक्त रकम रक्षामन्त्रीले नै झिकेको विश्वास गर्दै आएका थिए। इस्लामिक संगठनले खाडी क्षेत्रमा बन्दी बनाएका पत्रकारलाई मुक्त गर्न उक्त रकम झिकिँदा पनि बैंक बेखबर थियो।
फ्रान्सले बन्धक बनाइएका व्यक्तिका लागि आधिकारिक रूपमा फिरौती रकम दिँदैन। नक्कली मन्त्रीले उक्त रकम चीनमा सार्न भनेका थिए। उनले यस्तै धन्दा गर्दै आएका थिए।
‘यो घटनामा सबै कुरा अपवाद देखिएको छ’, ल द्रिआँका तत्कालीन वकील तथा हाल फ्रान्सकी विदेशमन्त्री दल्फीँ मइलले भनिन्, ‘उनीहरूले पदमै रहेका मन्त्रीको नक्कल गर्ने आँट गरे। त्यसकै आधारमा बैंकका निर्देशकलाई प्रभावमा पारे र ठूलो रकम झिक्न सफल भए।’ किन चोरले मन्त्री द्रिआँलाई नै छाने भन्ने विस्तृतमा खुलाएका छैनन्। आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असार ८, २०७६