बर्लिन । गैर आवासिय नेपाली संघ जर्मनीले नेपालको स्वस्थ्य सेवामा कसरी सहयोग गर्न सकिन्छ भनेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका प्रमुख संरक्षक जीवा लामिछाने, उपाध्यक्ष, कुमार पन्त र महिला सहसंयोजक रजनी प्रधानको उपस्थितमा भएको अन्तरक्रियामा नेपालका महिलाहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने विषयम छलफल भएको थियो । अन्तरक्रियामा एलसीसी हेसन अन्तर्गतका महिलाहरुको सहभागिता रहेको थियो ।
रजनी प्रधानले नेपालमा महिलाहरुले महिलाका लागि गर्दै आएको गतिविधिको बारेमा आफ्नो प्रस्तुती केन्द्रीत गरेकी थिइन । संघ जर्मनीले पछिल्लो समय आङ खस्ने महिलाहरुको उपचारका लागि स्वास्थ्य जागरण अभियान सञ्चालन गर्दै अएको थियो । अन्तरक्रियामा जिआइजेडसँगको सहकार्यको सम्भावनाको विषयमा समेत छलफल भएको अध्यक्ष नवराज रोस्याराले आजको न्युजलाई बताए । उनले जर्मनीमा उच्च शिक्षा अध्ययन गरेर नेपाल फर्कने युवाहरुलाई प्रोत्साहित गरिरहेको बताए । संघले नेपाल फर्कन चाहनेलाई हवाइ टिकट र थप पाँच सय युरो सहयोग पनि गर्दै आएको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७३