एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा भारतले अफगानिस्तानलाई २ सय २५ रनको मध्यम लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २४ रनमात्रै बनाउन सक्यो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रनको योगदान दिए ।
भारतले ओपनर रोहित शर्मालाई १ रनमा गुमाएको थियो । मोहम्मद नाबीले १५ ओभरको दोस्रो बलमा हज्रतुल्लाह जजाईबाट क्याच आउट गराउँदै अर्का ओपनर के एल राहुललाई ३० रनमा पेभिलिएन फर्काए । विजय शंकरलाई रहमात शाहले २९ रनमा एलवी डब्लू गरे । त्यस्तै विकेटकीपर महेन्द्रसिंह धोनीले ५२ बलमा २८ रनमात्रै जोड्न सके ।
केदार जाधवले ६८ बलमा ५२ रनमा क्याच आउट भए । हार्दिक पान्ड्या ७ रनमा क्याच आउट भए ।
अफगानिस्तानका लागि मोहम्मद नाबी र कप्तान गुलवदीन नाइबले समान २ विकेट हात पारे । राशिद खान, रमात शाह,मुजिव उर रहमान,अफ्तव आलमको नाममा समान १ विकेट रह्यो ।
प्रकाशित मिति: शनिबार, असार ७, २०७६