काठमाडौँ । आज अन्तर्रा्ष्ट्रिय योग दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्रा्ष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेयता यो दिवस विश्वभर आजकै दिन मनाइदै आइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समर्थनमा सन २०१४ को सयुक्त राष्ट्रसघिय महासभाले जुन २१ लाई विश्व योग दिवस मनाउने निर्णय गरेको थियो । दिवसकै रुपमा पाँच बर्ष यता संसारभर यसलाई उत्सवका रुपमा मनाउन थालिएको भएपनि योग परापूर्व कालदेखिनै गरिदै आएको विश्वास गरिन्छ ।
आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रुपमा बुझिन्छ । वास्तवमा योगले जीवात्मालाई परमात्मासंग जोड्छ । यस जोड्ने क्रियालाई योग भनिन्छ ।
यसलाई योग र ध्यानका आधारको रुपमा लिइएको छ । पहिलो योग सूत्रको रचयिता भगवान शिवलाई मानिन्छ । शिवले गरेको ध्यानको मूर्ति सबभन्दा प्राचीन मूर्ति हो । महावीर जैनको पनि ध्यानका मूर्तिहरु पाइन्छन् । भगवान् बुद्धको ध्यान मूर्ति विश्वप्रसिद्ध नै छ । यसै गरी योगशास्त्र भने भगवान् कृष्णको योगदान मानिन्छ र उनलाई योगेश्वर भनिन्छ । उनको उपदेश गीतालाई योगशास्त्र भनिन्छ । योग सूत्रमा बताएका अधिकांश कुरा गीतामा पनि छन् । यस प्रकार अप्रत्यक्ष रुपमा अन्तराष्ट्रिय योग दिवस गीताका उपदेशको सामान्य स्वीकृति पनि हो । योग आज यति प्रसिद्ध भएको छकि अरु संस्कृतिको कुनै पनि कुरा स्वीकार नगर्ने यहुदी समुदायले समेत योगसूत्रको अनसावद गरेर यसलाई व्यवहारमा ल्याइरहेका छन् ।
यस दिवसका सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । नेपालमा पतञ्जलि योगपिठ्, आर्ट अफ लिभिङ र जिवन विज्ञान केन्द्र सहित दर्जनौ संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन । आर्ट अफ लिभिङ र जिवन विज्ञान केन्द्रका देशभरका सबै शाखाहरुले आज विहानै योग सिविर सञ्चालन गरेको ति संस्थाहरुले जनाएका छन ।
योग दिवसका अवसरका शुक्रबार काठमाडौंको रत्नपार्कबाट राष्ट्रियसभा गृहसम्म रयालीको आयोजना गरिएको थियो । रयालीमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीलगायत हज्जारौको संख्यामा ससर्वसाधारणको सहभागिता रहेको थियो ।
विपतमा पनि स्थिर हुनुनै योगीको धर्म : एल पी भानु शर्मा
जीवन विज्ञानका संस्थापक एल पी भानु शर्माले विपत्को घडीमा पनि स्थिर हुनु सक्नुनै योगीको मुल धर्म भएको संन्देश दिनु भएको छ । पाँचौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा जिवन विज्ञानमा आयोजना भएको प्रयोगशालामा शर्माले यस्तो सन्देश दिनुभएको हो । उहाँले “मनुष्य जीवनमा गरिने हरेक सत्कर्महरू योगबाट प्रेरित हुनु पर्ने र कर्मको माध्यमबाट आफ्नो कुशलता एवं सृजनशीलता सच्चा योगीले मात्रप्रदर्शन गर्न सक्ने बताउनुभयो ।
सबै मनुष्यभित्र रहेका योगका सात आयामहरूलाई चक्र जागरणको माध्यमबाट क्रियाशील बनाउने हो भने स्वास्थ्य, सुख, साहस, प्रेम, ज्ञान, संकल्प, आनन्द अथवा ईश्वरसाक्षात्कारको संभावनामा निमज्जित हुने शर्माको संंन्देश थियो ।
त्यसैगरी जिवन विज्ञानकै गुरुदेव रमेश नेपालले आफूभित्रको क्षमतालाई प्रयोग गर्दै समृद्ध हुने सूत्र बताउनुहुँदै जीवन विज्ञानका कार्यक्रमहरूबाट लाभ लिनुका साथै निरन्तर ध्यान र योग गर्न प्रेरित गर्नुभयो ।
आर्ट अफ लिभिङले गरयो देशैभर कार्यक्रम
यहि दिवसका अवसरमा आर्ट अफ लिभिङले पनि देशभर कार्यक्रमको आयोजना गरेको छ । काठमाडौको शंखमुल योगापार्कमा विहानै योग सिविरको आयोजना गर्यो । योग र संत्सग समेत गरिएको सो कार्यक्रममा शंखमुल हेल्थ क्लवको सहयोगमा सहभागीहरुलाई प्रसाद समेत ग्रहण गराईको थियो । आफुपनि आर्ट अफ लिभिङकै डिभोटी भएकाले यस्ता कार्यक्रममा सधै सहकार्य गर्ने गरेको क्लवका प्रमुख सनम दुवालले आजकोन्युजलाई जानकारी गराएका छन ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६