काठमाडौं : धादिङको गल्छीमा भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
दुर्घटनामा परि धादिङकाे गल्छी गाउँपालिका–४ कार्की डाँडाका ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीया सेतु मिजार, गल्छी गाउँपालिका बाँझगाउँकी ३० वर्षीया कान्छी भुजेल, बाँझगाउँकै २५ वर्षीया नानु तामाङ र गल्छी गाउँपालिका ४ की २१ वर्षीया सविता अधिकारीको मृत्यु भएको हो।
उनीहरु मध्ये चार जनाको घटनास्थलमै र सविता अधिकारीको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि १० जना घाइते भएका छन्। घाइतेहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँको ट्रमा सेन्टर पठाइएको छ। प्रहरीका अनुसार घाइतेहरुको अवस्था गम्भिर छ।
धादिङको गल्छी गाउँपालिका कार्की डाँडाबाट बैरेनीतर्फ जाँदै गरेको बा. १८ च ९४०८ नम्बरको बोलेरो जीप शुक्रबार दुर्घटना भएको थियो। जीपका चालक भने फरार छन्।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६