६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानसिक स्वास्थ्यका लागि योग ध्यान गर्नुपर्ने बताएका छन् ।
पाँचौ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताएका हुन् ।
लोभ, मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने प्रधानमन्त्री ओलीले बताए, ‘योगको अभ्यास भाषा र लिपी सुरु हुनुभन्दा धेरै अघिबाट सुरु भएको हो । मानिस स्वस्थ रहनका लागि योगको निरन्तरता जरुरी छ ।’
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा शिक्षा मन्त्रालयका तर्फबाट आयोजना गरिएको प्रवचन कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र भारतीय राजदूत मञ्जीव सिंह पुरीसमेत अतिथिका रुमपा सहभागी थिए ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६