नेपाली लेग स्पिनर सन्दीप लामिछासँगै तीव्र गतिका बलर सोमपाल कामीले पनि ग्लोबल टी ट्वान्टी क्यानडा प्रिमियर लिग २०१९ मा खेल्ने भएका छन् ।
बिहीबार सम्पन्न ड्राफ्टमा सन्दीपलाई टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको हो । बिहीबार भएको क्यानडा ग्लोबल टी-२० को ड्राफ्टमा सोमपाललाई न्यूनतम ३ हजार अमेरिकी डलरमा हक्सले टिममा लिएको हो । यस्तै स्पिनर सन्दीप लामिछाने ६० हजार अमेरिकी डलरको न्यूनतम रकममा टोरन्टो नेसनल्समा आबद्ध भएका छन् ।
सोमपालले खेल्ने टिममा डेविड वार्नर, ड्वायन ब्राभो, डेविड मिलर, लेन्ड्ली सिमोन्सजस्ता खेलाडी छन । टिमका प्रशिक्षकमा वकार युनिस रहेका छन् ।
नेपाली राष्ट्रिय टिमका मुख्य बलर सोमपाल यसअघि क्यारेबियन प्रिमियर लिग र बगलादेश प्रिमियर लिगको ड्राफ्टमा परे पनि छनोट भएका थिएनन् । हाल राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका सोमपाल लामो पर्खाइपछि विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका छन ।
आईसीसीको वरीयतामा समेत रहेका सोमपाल अलराउण्डरको भूमिकामा टिममा धेरै पटक राम्रो खेलिसकेका छन । उनी नेपाली टिमका लागि एकदिवसीय खेलमा ६ विकेट लिने खेलाडी पनि हुन ।
यता सन्दीपलाई टोरन्टो नेसनल्सले टिममा अनुबन्ध गरेको हो । लसिथ मालिङ्गा, सुनील नारायन, ड्वायन स्मिथ, दिनेश रामदिन, सिकन्दर राजा रहेको टिममा सन्दीपले खेल्नेछन । उनको प्रशिक्षकका रुपमा टम मुडी रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६