काठमाडौं : अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले गाउँमै पुगेर नागरिकता वितरण गरेका छन् ।
श्रेष्ठले जिल्लाको मंगलसेन नगरपालिका ३ दयका ७० वर्षिय हंश कुवंरलाई उनको घरमै गएर नागरिकता प्रदान गरेका हुन् ।
सदरमुकामबाट ७ किलोमिटर क्षेत्र टाढामा पर्ने उक्त गाउँमा गएर श्रेष्ठ र मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले कुवंरलाई नागरिकता प्रदान गरेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अझै पनि गाउँघरमा कोहि नागरिकता लिनबाट छुटेका छन् भने उनिहरुको पहिचान गरि नागरिकता प्नदान गरिने बताए ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६