विश्वकप क्रिकेटमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले ६ विकेटको नोक्सानीमा ३ बल बाँकी रहँदै लक्ष्य भेट्टायो ।
वर्षाका कारण ४९ ओभरमा छोट्याएको खेलमा न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले १३८ बलमा ९ चौका र एक छक्कासहित १०६ रन बनाउँदै टिमलाई जित दिलाए । त्यस्तै, कोलिन डे ग्रान्डहोमीले ६० रन बनाए । बलिङतर्फ क्रिस मोरिसले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा २४१ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि रसिई भान डेर डुसेनले अविजित ६७ र हसिम अमलाले ५५ रन बनाए । बलिङतर्फ लोकी फर्गुसनले तीन विकेट लिए ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६