काठमाडाैं : आज दिउँसाे देशभर सामान्यतया वदली रही पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षा सहित मेघगर्जन हुने सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । त्यस्तै राति पूर्वी तथा मध्य क्षेत्रको साथै पश्चिमी पहाडी भूभागमा सामान्यतया वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ | देशका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
हेर्नुहाेस् तीन दिनकाे माैसमी विवरण
असार ५ गते (बिहीबार)
दिउँसो: देशभर सामान्यतया वदली रही पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षा सहित मेघगर्जन हुने सम्भावना छ|
राति: देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्चिमी पहाडी भूभागमा सामान्यतया वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ | देशका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
असार ६ गते (शुक्रवार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
असार ७ गते (शनिबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६