एक युरोपेली महिलाले अनलाइनमार्फत भीख मागेर ५५ लाख ६९ हजार जम्मा गरेकी छिन् ।
उक्त भीख सहयोगका लागि भन्दा पनि गलत नियत राखेर कमाएको थाहा पाएपछि उनलाई संयुक्त अरब इमिरेट्स प्रहरीले दुबईमा पक्राउ गरेको छ । श्रीमान्ले छोडेका कारण बच्चाको लालनपालनको जिम्मा आफ्नो काँधमा रहेको जनाउँदै ती महिला सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा फोटो पोस्ट गरेर पैसा माग्थिन् ।
उनले फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता प्लेटफर्ममा अनेकन एकाउन्ट खोलेर बच्चाको फोटो देखाउँदै भीख माग्ने गरेकी थिइन् । उनको यो हर्कत थाहा पाएपछि उनका श्रीमान्ले प्रहरीसमक्ष उजुरी गरेका थिए । बच्चा आफ्नै साथमा रहेको र ती महिलाले सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जत गरेको लिखित उजुरी परेपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको हो ।
साउदी कानुनअनुसार अनलाइनमार्फत भीख माग्नु अपराध मानिन्छ । यो कुरा प्रमाणित भए ती महिलाले लाखौं रुपैयाँ जरिवाना तिर्नुका साथै जेल जानुपर्ने सम्म हुनसक्छ ।
प्रकाशित मिति: बुधबार, असार ४, २०७६