काठमाडाै : आज देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । राति भने पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहने जनाइएकाे छ । पूर्व तथा मध्य भेगका केहि र पश्चिमी भेगका थोरै स्थानहरुमा मेघगर्जन/हावाहुरी सहितको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
हेर्नुहाेस् तीन दिनकाे माैसमी विवरण :
असार ४ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशको पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहने छ । पूर्व तथा मध्य भेगका केहि र पश्चिमी भेगका थोरै स्थानहरुमा मेघगर्जन/हावाहुरी सहितको वर्षाको सम्भावना छ ।
असार ५ गते (बिहीबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
असार ६ गते (शुक्रवार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: बुधबार, असार ४, २०७६