काठमाडौंः अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर आज विभिन्न कार्यक्रम सम्पन्न भएको छ । आनन्द इभेन्ट, कात्यानीमा भएको कार्यक्रममा योगका आसन, प्राणायाम, ध्यान र विभिन्न जानकारी मुलक कार्यक्रम सहित सम्पन्न भएको हो ।
नेपाल भारत मानव विकास मैत्री संघ, लाइन्स क्लव सिम्रीक ग्रुप, लाइन्स क्लव बराह ग्रुप र जीवन विज्ञानको आयोजनामा सम्पन्न भएको जीवन विज्ञान अन्र्तगत जीवन विज्ञान प्रयोगशालाकी शिक्षिका अन्जु गुप्ताले जानकारी गराइन् ।
साथै कार्यत्रलमा जीवन विज्ञान गुरु एल पि भानु शर्माले भवगतव गीतामा योगको बारेमा उल्लेखित कुरा र प्राचिन कालमा योगको बारेमा भएको प्रयोग र शिवरात्रीलाई योग दिवसको रुपमा लिनुको कारणको बारेमा चर्चा गरेका छन् ।
योगबाट राम्रो स्वास्थ्य, कार्यक्षमतामा वृद्धि, चिन्ताबाट छुटकारा, मानसिक शान्ति, रोग प्रतिरोध क्षमतामा वृद्धि, तन, मन र आत्मा बीचको लयात्मकता, अनावश्यक विचारबाट मुक्ति, सकारात्मक सोचको विकास, ऊर्जाको केन्द्रीकरण, आन्तरिक शक्तिको सञ्चार लगायतका धेरै फाइदा हुने जानकारी गराइयो ।
साथै योगका तत्व, योगको चरण, ध्यानका चरण, यसका फाईदा, महत्व र आवश्यकता आदीको बारेमा पनि चर्चा गरिएको छ । अन्तराष्ट्रिय योग दिनवस हरेक जुन २१ को दिन मनाउने गरिन्छ । त्यसै विवसको अवसर पारेर कार्यक्रमको आयोेजना गरिएको आयोजकले जनाए ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६