काठमाडौं : डोटीको बडीकेदार गाउँपालीकाको एक विद्यालयको कक्षा कोठामा शिक्षिका मस्त निदाएको अवस्थामा भेटिएकी छन् ।
जिल्लाको बडीकेदार गाउँपालीका ३ बर्छैनमा रहेको बर्छैन उच्च माध्यामीक विद्यालयको कक्षा कोठामै शिक्षिका मस्त सुतिरहेको अवस्थामा भेटीएकी हुन् ।
विद्यालयको १ कक्षामा कक्षा सञ्चालन भइरहेको अवस्थामा शिक्षीका मिना मल्ल कार्पेट बिच्छाएर छेउमा सुतिरहेकी र बिद्यार्थीहरु किताब खोलेर पढ्दै गरेको अवस्थामा भेटिएकी हुन् ।
यसरी कक्षा कोठामा पढाउने समयमा शिक्षिमानै सुतेपछी विद्यार्थीहरुको मानसिकतामा नकारात्मक असर पर्ने र कलीला बालबालीकाको भविष्यमाथी खेलवाड गरेको भन्दै स्थानियले आक्रोश व्यक्त गरेका छन् ।
स्थानिय लोकेन्द्र बोगडटीले भने राती नसुतेको भए बिदा लिएर घरमै सुत्नु पर्थो हैन भने किन कक्षाकोठामा आएर सुत्नु, उनले आपत्ती जनाउदै शिक्षिका मल्लले लापरबाही गरेको बताए ।
विद्यालयका प्रधानध्यापक ईन्द्र बमले प्राथमीक तहमा अध्यापन गराउने शिक्षिका मल्ल सामान्य अवस्थामै रेष्ट गरिरहेको जानकारी दिए ।
उनले शिक्षिका मल्लले अघिल्लो दिनराती आमा बिरामी हुँदा अस्पतालमा कुरुवा बस्नु परेको कारण उनिदो भएको र विद्यालयबाट बिदा पनी नलिएको कारण बच्चाहरुलाई काम दिएर एकछिन् पल्टीएको बताए ।
उनले यो विषयमा शिक्षिका मल्ललाई थप स्पष्टीकरण माग गरको र आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउने पक्रिया दिए ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६