भक्तपुर : सूर्यविनायक नगरपालिका-२ वालकोटबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा लोकन्थली बस्ने रौतहट घर भएका १८ वर्षीय दर्शन गौतम लगायत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग वालकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित धर्मराज भुषालको घर कम्पाउण्डभित्र पार्किङ गरी राखेको बा.९७ प १२१५ नम्बरको मोटरसाइकल चोरी गरी लाँदै गरेको अबस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, असार २, २०७६