काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ ।
कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । मुलुकभरका उत्तरपुस्तिका परीक्षण एवं नम्बर इन्ट्रीको काम सम्पन्न गरेर रुजु भइरहेको अध्यक्ष पौडेलले बताए ।
उनले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य छ । यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् ।समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रकाशित मिति: सोमबार, असार २, २०७६