ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता भारतले पाकिस्तानलाई ३ सय ३७ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३६ रन बनायो । उसका लागि ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरे । ३९ ओभरको दोस्रो बलमा हसन अलीले वहाब रियाजबाट क्याच आउट गराउनु अघि रोहितले १ सय १३ बलमा १४ चौका ३ छक्का प्रहार गर्दै १ सय ४० रनको शतकीय योगदान दिए ।
त्यस्तै कप्तान विराट कोहलीले ७७ रनको महत्वपूर्ण योगदान दिए । मोहम्मद आमिरको ४८ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा कट हुन पुग्दा विकेटकीपर शरफर्राज अहमिदले क्याच आउट गरे ।
त्यस अघि पहिलो विकेटका लागि ओपनर केएल राहुल र रोहित शर्माले २३.५ ओभरमा १ सय ३६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । राहुललाई वहाब रियाजले बाबर आजमबाट क्याच आउट गराउनु अघि ७८ बलमा ३ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए ।
हार्दिक पान्ड्याल २६, महेन्द्र सिंह धोनी १ रनमा आउट भए । विजय शंकर १५ र केदार जाधव रनमा ९ रन अविजित रहे ।
पाकिस्तानका लागि मोहम्मद आमिरले १० ओभरमा १ मेडन सहित ४७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै वहाब रियाज र हसन अलीको नाममा समान १ विकेट रह्यो ।
प्रकाशित मिति: सोमबार, असार २, २०७६