काठमाडौंः चलचित्र भारतले रिलिज भएको दुई हप्तामा करिब तीनसय करोड भारतिय रुपैयाको व्यापार गरेको छ । अली अब्बास जफर निर्दे्शित फिल्म ‘भारत’ प्रदर्शनको दुई हप्तामा तीन सय करोड संकलन गरेको हो ।
हलमा आएको पहिलो हप्ता मात्र फिल्मले एक सय ५० करोड बढी संकलन गरेको थियो । यस फिल्म निर्माणमा एक विलियन खर्च भएको छ । चलचित्र ‘भारत’ अंग्रेजी भाषका फिल्मबाहेक महँगोमा निर्माण भएको नवौं फिल्म हो ।
यस फिल्मको फर्स्ड डे कमाई ४२ करोड ३० लाख थियो । ‘भारत’ ले दोस्रो दिन ३१ करोड र तेस्रो दिन २२ करोड २० लाखको व्यापार गरेको छ । चौथो दिन फिल्मले २६ करोड ७० लाख संकलन गरेको थियो ।
यो फिल्मसँगै सय करोड संकलन गर्ने सबैभन्दा धेरै फिल्म सलमानको भएको छ । उनले अभिनय गरेका १४ वटा फिल्मले सय करोड कमाएका छन् ।
फिल्म ‘भारत’ सलमानको उत्कृष्ट फिल्म मध्येको एक मानिएको छ । यसमा उनीसँगै कटरीना, दिशा पाटनी, सुनील ग्रोवर, नोरा फतेही, ज्याकी श्राफ र सोनाली कुलकर्णीको मुख्य भूमिका छ ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६