भारत: विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको मृत्यू भएको छ । बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
तर बिहार सरकारले भने यसको पुष्टि गर्न बाँकी रहेको समाचारमा उल्लेख छ । राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् ।
राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४/४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६