६ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहण समूहमा लश्रजना सरकारी कर्मचारी सम्पर्क अधिकारी ९लियाजन अफिसर०को रूपमा जानुपर्ने व्यवस्था छ। सो व्यवस्थाअनुसार यो मौसममा ९८ कर्मचारी लियाजन अफिसर भई आरोहण दलमा पुगे तर तीमध्ये २२ जना कर्मचारीमात्रै बेस क्पाम्प पुगे। बाँकी बिरामी भएँ भन्दै बेस क्पाम्पबाटै फर्के।
लियाजन अफिसरले हिमाल आरोहणमा जाने समूह वा व्यक्तिलाई हिमाल आरोहण पूरा गरेको प्रमाणित गर्नुपर्ने हुन्छ। लियाजन अफिसरले प्रमाणित गरेपछि मात्रै सम्बन्धित व्यक्तिले हिमाल आरोहण गरेको कानुनी मान्यता पाउँछ। हिमाल आरोहण समूहबाट एकजना लियाजन अफिसरले दुई हजारदेखि तीन हजारसम्म डलर सुविधा पाउँछन्। यसबाहेक हिमाल आरोहण गर्ने समूहले उनीहरूलाई थप सुविधा दिने गर्छ। त्यसैले लियाजन अफिसर भई आरोहण दलमा जान सरकारी कर्मचारीहरूमा सोर्स–फोर्स र पहुँच लाग्ने गर्छ। अघिल्ला वर्षहरूमा झैं यस मौसममा पनि लियाजन अफिसरमा अवसर पाउने कर्मचारीहरूमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अख्यियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालयजस्ता पहुँचवाला कार्यालयका कर्मचारी हाबी छन्। यसैगरी आधिकारिक टे«ड युनियनका अध्यक्ष, महासचिव, सदस्य, सत्तारूढ कर्मचारी संगठनका अध्यक्षलगायत पहुँचवाला कर्मचारी नेताहरू पनि लियाजन अफिसर भई हिमाल आरोहणमा पुगेका छन्।
सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपिसिसि)का अनुसार ९८ लियाजन अफिसरमध्ये २२ जना लियोजन अफिसरमात्र बेसक्याम्प पुगेका छन्। आरोहीलाई हिमाल आरोहण गरेको प्रमाणित गर्न कुनै वैज्ञानिक विधि छैन। हिमालको फेदमा बसी चुचुरोमा पुगेको प्रमाणित गर्नुपर्ने हुन्छ।
लियाजन अफिसर बाटामै बिरामी भए बीच बाटोबाटै फर्कन सक्ने व्यवस्था छ। यो व्यवस्थालाई दुरूपयोग गर्दै अधिकतर लियाजन अफिसर बेस–क्याम्प नपुगी फर्कने गर्छन्। ‘बीच बाटोमै लेक लाग्यो, बिरामी भएँ भनेपछि मानवीय कारणबाट पनि उसलाई फर्क भन्नुपर्ने हुन्छ,’ पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे भन्छन्, ‘बिरामी भएँ भनेको व्यक्तिलाई कसरी बेस क्पाम्प जाऔं भन्ने रु’ लियाजन अफिसरलाई पनि आरोहण दलका अन्य व्यक्तिलाईझैं चुचुरोमा पुग्ने अनुमति हुने घिमिरिले बताउँछन््। तर अधिकतर लियाजन अफिसरहरू आफूलाई शिखरमा लाने होइन, बेस–क्याम्प नै नपुगी फर्काउने ‘योजना’मा हुन्छन्।
यस मौसममा लियाजन अफिसर भई हिमाल आरोहण दलमा जाने सरकारी कर्मचारीहरूमा राष्ट्रपति कार्यालयका प्रल्हाद पुडासैनी प्रधानमन्त्री कार्यालयका प्रदीप श्रेष्ठ, विवेक घिमिरे, दीपेन्द्रराज अधिकरी, कानुन तथा न्याय मन्त्रालयका प्रकाश न्यौपाने, पर्यटन मन्त्रालयका केशव पोखरेल, सहकारी विकासका निर्माण कार्की, अख्तियारका कमलप्रसाद मिश्र, तीर्थ चापागाईसहित विश्ववन्धु रेग्मी, हरिबहादुर राउत, पुन्य ढकाल, भोला पोखरेल, रोशनी कार्की, गणेश गुरुङ, उत्तम दवाडी, विनोद गौतमलगायत छन्।
आरोहण दलमा सहभागी अन्य लियाजन अफिसहरूमा सुरेन्द्र अधिकारी, लक्ष्मी आचार्य, कमलराज श्रेष्ठ, गणेश गुरूङ, हरिकष्ण फुयाँल, चन्द्र अधिकरी, कृष्ण दाहाल, नमराज वाग्ले, ज्ञानेन्द्र श्रेष्ठ, निराजन मिमिरे, प्रमोद नेपाल, विमल ज्ञवाली, गोविन्द न्यौपाने, धनकुमारी गुरागाई, प्रदीप पौडेल, भीम पन्थी, तुलसीनाथ गौतम, नारायण खत्री, मिरा आचार्य, झंककुमार खत्री, रामप्रसाद भूषाल, दीपक दाहाल, बलबहादुर कार्की, कमलराज श्रेष्ठ, रोशनी कार्की, तरुण राय, रचना प्रधान, नर्पु भोटे, चोकी शेर्पालगायत कर्मचारी छन्।
आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६