आज देशको पुर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भु-भागमा आंसिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
राती देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ
यस्तो छ तीनदिनकाे माैसम:
जेठ ३२ गते (शनिबार)
दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भु-भागमा आंसिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ।
राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
असार १ गते (आइतबार)
दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
असार २ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६