काठमाडाैं : युट्बमा ठट्यौली शैलीमा गरेको फिल्म समीक्षालाई लिएर पक्राउ परेका युट्युवर प्रनेश गौतम रिहा भएका छन् । गौतमलाई प्रहरीले बिहीबार हाजिरी जमानीमा रिहा गरेको हो ।
प्रहरीको अपराध महाशाखाले गौतमलाई फिल्म वीरविक्रम २ का निर्देशक मिलन चाम्सको उजुरीपछि नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।
चाम्सले आफ्नो फिल्म वीरविक्रम–२ को समीक्षा बिगारेर गौतमले मेमे नेपाल नामक युट्युब च्यानलमा प्रकाशित गरेको आरोप लगाएर उजुरी दिएको थियाे ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६