काठमाडौं: जंगली च्याउ खाँदा छ जनाको मृत्यु भएको छ । गत शुक्रबार च्याउ खाएर गम्भीर बिरामी परेका पाल्पाका ११ जनामध्ये तीनजनाको उपचारको उपचारको क्रममा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा थप तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्की डाँडा निवासी ४८ वर्षीय पूर्णसिंह खाम्चा मगर, १२ वर्षीया निशा सिंह ठकुरी र ६ वर्षीय सुमन सिंह ठकुरीको निधन भएको हो ।
सुमन र निशा कान्छा बुबा र ठूलाबुबाका छोराछोरी हुन् । दुई दिनअघि निरुता सिंह ठकुरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने निर्मला सिंह ठकुरी र विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा निधन भएको थियो ।
मृतक ६ जनामध्ये निशा, निरुता, निर्मला र विष्णु एउटै परिवारका दिदी बहिनी हुन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६