बारा: कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी महागढीमाई नगरपालिका-११ मधुरीटोल बस्ने बिर बहादुर चौधरीलाई मंगलबार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। उनलाइृ तीस वर्षपछि पक्राउ गरिएकाे हाे ।
२०३९ जेठ ८ गते सोही ठाउँ बस्ने सुकदेव सोनारलाई कर्तव्य गरी हत्या गरेको मुद्दामा तत्कालिन मध्यमाञ्चल क्षेत्रीय अदालत हेटौंडाको २०४३ फागुन १९ गते र सर्वोच्च अदालत काठमाडौंको २०४५ असोज १७ गतेको फैसलाले २० वर्ष कैद सजाय तोकिएको थियाे ।
चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले आफ्नै गाउँघरमा लुकीछुपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उक्त सजाय भुक्तानको लागि निजलाई वीरगंज कारागार कार्यालय, पर्सा पठाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६