जारी एकदिवसिय क्रिकेटकाे पिचलाई लिएर पाकिस्तानका क्रिकेट कप्तान सरफराज अहमदले असन्तुष्टि व्यक्त गरेका छन्। उनले आइसिसीले भारतीय टोलीलाई अनुकुल हुनेगरी पिच बनाएको आरोप लगाएका छन्। आइतबार भारत र पाकिस्तानबीच जारी विश्वकपमा भारत र पाकिस्तानको पहिलो भेट हुँदैछ।
उनले अस्ट्रेलियासँग भएको खेलमा पनि पिचप्रति असन्तुष्टि जनाएका थिए। उनले पिच निरिक्षणपछि आफ्नो असन्तुष्टि जनाएका थिए। रिपोर्टका अनुसार सो पिच फास्ट बलरहरूलाई सहयोग मिल्ने किसिमको रहेको बताएका थिए।
मिडिया रिपोटस्का अनुसार आईसिसीले बनाएको पिच उनीहरूको खेल अनुकुल नभएको उनको आरोप छ। यसैगरी उनले आईसिसीका प्रतियोगिताहरूमा भारतलाई सधैं उनीहरूका ब्याट्स्म्यान तथा स्पिनरहरूलाई सहयोग पुग्ने पिच मिल्ने गर्छ।
इण्डियाले आफ्ना दुई खेलमा शानदार प्रदर्शन गर्दै क्रमशः दक्षिण अफ्रिका तथा अस्ट्रेलियालाई पराजित गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६