काठमाडौं : सर्वनाम कलेजको आयोजनामा सर्वनाम कप एसईई बास्केटबल टुर्नामेन्ट २०७६ सुरु भएको छ । जोरपाटीस्थित कलेजकाे आफ्नै प्राङ्गणमा सुरु भएको टुर्नामेन्टमा थ्री बाइ थ्री अन्तर्गत ६० टिमको सहभागिता रहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सर्वनाम कलेजका प्राचार्य दुर्गानाथ सिवाकोटीले खेल स्वास्थको लागि खेलाडी राष्ट्रकाे लागि भन्ने राष्ट्रिय नारालाई आत्मासाथ गर्दै खेलको आयोजना गरिएको बताए । उनले भने, आजका बालबालिका नै भोलिकाे राष्ट्र निमार्णको आधार हुन आज खेल खेल्ने वातवरण निर्माण गरेर भोलिका लागि राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको छौं । साथै विद्यार्थीहरुलाइ लक्षित गरी आगमी दिनमा यस्ता थुप्रै खेलकुद कार्यक्रमको आयोजना गर्ने छौँ।
उनले सर्वनाम कप एस इ इ बास्केटबलको आगामी सस्करण थप परिस्कृत, परिमार्जित गर्न र खेलाडीहरुको स्तर उकास्न लागि पर्ने बताए ।प्रमुख अतिथि राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री (मेट्रो) को प्रमुख अतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा विभिन्न स्कुलका प्रीन्सिपल,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । उक्त टुर्नामेन्टकाे फाइनल खेल भाेलि हुने आयाेजकले जनाएकाे छ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६