काठमाडौं : तार्केश्वर नगरपालिका-२ काभ्रेस्थलीस्थित प्रिन्स तामाङको घर अगाडि पार्किङ गरी राखेको बा.६३ प ३३८ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट मेगाङ गाउँपालिका-८ का १८ वर्षीय रोशन मगर र सोही गाउँपालिका-६ का १८ वर्षीय राहुल तामाङ रहेका छन् । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६